वृद्दाश्रममा लायन्स तथा उप्रेती र घिमिरे परिवारद्वारा भाेजन

जुटपानी – लायन्स क्लब अफ लालबन्दी सिटीले सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानी स्थित पद्म-भुवनेश्वरी नमूना वृद्द सेवाश्रममा मिष्ठान्न भोजन गराउनुका साथैँ खाद्यान्न सहयोग गरेको छ ।

क्लबका सदस्य स्वर्गीय मिलन नामले परिचित मिनराज कार्की को पाचाैं स्मृति दिवसका अवसरमा सम्झना स्वरुप विहिबार बिहानको एक छाक मिष्ठान्न भोजन गराउनुका साथैँ खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष विकल जर्गा मगरले बताए । क्लबका अध्यक्ष मगरको अध्यक्षतामा वृद्धाश्रममा आश्रीत ४७ जना वृद्दवृद्दा तथा बालबालिकालाई एक छाक मिष्ठान्न भोजन गराउनुका साथै २५ केजी दरको ५ बोरा चामल सहयोग प्राप्त भएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । आश्रममा क्लबका अध्यक्ष, क्लबका संस्थापक अध्यक्ष दिपेन्द्र अधिकारी, लियो क्लबका अध्यक्ष सन्नी कुमार गुप्ता, क्लबका कोषाध्यक्ष चिरञ्जीवि खतिवडालगायतको उपस्थिती रहेको थियाे ।

त्यस्तै हरिवन नगरपालिका वडा नम्बर-६ निवासी तारा प्रसाद उप्रेतीज्यु तथा कृष्णप्रसाद उप्रेतीज्युले स्वर्गीय बुवा धनी राज उप्रेतीकाे पुण्य तिथि श्राद्धमा विहिबार नै आश्रममा मिष्ठान खाजा खुवाउनुकाे साथै दक्षिणा र खाद्यान्न सामाग्री सहयाेग गरेका छन् । उनिहरूले चामल १०० केजी, दाल १०केजी, चिनी १० केजी, आलु ५०केजी, तेल १० लिटर खाद्यान्न समेत हस्तान्तरण गरेकाे काेइरालाले बताईन् ।

त्यसैगरी हरिवन-११ बासाटाेल निवासी राजन प्रसाद घिमिरे र सुशीला घिमिरे दम्पतिले आफ्ना स्वर्गीय हजुरबुवा प्रेम प्रसाद घिमिरेकाे पुण्य तिथिका अवसरमा आश्रममा आश्रित वृद्दवृद्दालाई विहिबार बेलुकाकाे भाेजन गराएका छन् । वृद्दाश्रमकी अध्यक्ष काेइरालाले स्वर्गीय आत्माहरूकाे चीर शान्तिकाे कामनाका साथ हार्दिक श्रद्दा सुमन अर्पण गर्दै सहयाेगि व्यक्तित्वहरु प्रति धन्यवाद प्रकट गरेकी छिन् ।