अन्तर्राष्ट्रिय बडिविल्डर महताेलाई वडाध्यक्ष भण्डारीले गरे सम्मान

लालबन्दी – अन्तर्राष्ट्रिय स्तरकाे बडिविल्डर प्रतियाेगितामा  कास्य पदक जितेर नेपालकै नाम राख्न सफल सुरेन्द्र महतोलाई लालबन्दी नगरपालिका-५ वडा कार्यालयले नगदसहित मंगलबार सम्मान गरेको छ ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी नगद पाँच हजारसहित सम्मानपत्रबाट बडिबिल्डर महतोलाई सम्मान गरेको हो । भारत र नेपालसहित ११ देशका सहभागिबीच भएको प्रतियोगितामा तृतीय स्थान हासिल गरी विश्वसामू नेपाललाई चिनाउन सफल भएको भन्दै महताेलाई सम्मान गरिएको वडा अध्यक्ष मोहनहरी भण्डारीले बताए ।

वडा अध्यक्ष भण्डारीले बडिविल्डर महतोको उज्वल भविष्यको समेत कामना गरेका छन् । बडीविल्डर्स महतोले वडा कार्यालयले आफूलाई सम्मान गरेकोमा निकै खुशी लागेको बताए ।

बडीविल्डर महतो भारतको दिल्लीमा भएको एसियन बडिविल्डीङ्ग एण्ड फिटनेश च्याम्पियनशिप २०२१ र वर्ल्ड डाइमण्ड कप बडिविल्डीङ्ग एण्ड फिटनेश च्याम्पियनशिप २०२१ मा नेपालको तर्फबाट सहभागि दुबै प्रतियोगितामा तृतीय स्थान हासिल गरेका थिए ।