हरिवनमा साइकल रेस प्रतियोगिता सम्पन्न

हरिवन – सर्लाहीको हरिवनमा बिहीबार साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।

हरिवन युवा क्लबले आयोजना गरेको ११ किलोमिटर दूरीको साइकल रेस प्रतियोगितामा आदित्स कार्की पहिलो, नवीन कुमार यादव दोस्रो र शेख तन्बिर तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार स्वरुप क्रमश : १० हजार, ५ हजार २५ सयसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

हरिवन यूवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता क्लबका अध्यक्ष सुमन तिलक सिन्दालीको अध्यक्षता तथा शताब्दी पुरुष बबरजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल हरिवन बेश क्याम्पसका डीएसपी दीपेन्द्र थापा, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरी, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, समाजसेवी विनोद कार्की, कमल विक्रम कार्की, गोविन्द बुढाथोकी, केशव कार्की, सुशिल थपलिया, खेसारी महतो लगायतको आतिथ्यता रहेको थियो ।