मुसहर महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयक अनुशिक्षण

चन्द्रनगर – सर्लाही जिल्लाका बरथहवा नगरपालिका वडा नं ,११ र १३, बसबरीया गाउँपालिका वडा नं ३, चन्द्रनगर गाउँपालिका वडा नं २,३,४,५,६, ७ र हरिपुर नगरपालिकाको वडा नं १, ६,७,८ र ९ मा अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजनामा नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम संचालन भैरहेको छ ।

यस कार्यक्रम अन्र्तगत उक्त पालिकाका ३० जना अगुवा मुसहर महिलाहरुलाई घुम्ती प्रशिक्षक तालिम दिएको थियो । तालिम पछि उनिहरुले साप–नेपालको सहयोगमा आ–आफ्नो पालिकामा ३१ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरेका छन । उक्त चार वडा पालिकाका ३१ वटा मुसहर महिला सशक्तिकरण मञ्चका १५०० मुसहर महिलाहरुलाई महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयक प्रसिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

यस क्रममा २०७८ मंसीर १०, ११ र १२ गते क्रमशः चन्द्रनगर गाँउपालिका वडा नं. २,६ र ७ का मुसहर महिला सशक्तिकरण मन्चका १२१ जना मुसहर अगुवा महिलाहरुलाई मुसहर महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयमा तालिम सम्पन्न गरिएको छ । मुसहर महिलालाई समुह मार्फत संगठीत गरेर उनिहरुको नेतृत्व क्षमताको विकास गर्न, स्थानिय सरकार तथा अन्य सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धी गर्न, आफ्नो हक अधिकारको बारेमा पैरवी गर्न, स्थानिय सरकारको योजना तथा बजेट बारे जानकारी गराई योजना निमार्ण प्रकृयामा मुसहर महिलाहरुको सहभागीता बढाउने उद्देस्यले यस तालिमको आयोजना गरेको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जनाए ।

कार्यक्रममा चन्द्रनगर गाँउपालिकाका सुचना अधिकृत संजय महतोले मुसहर महिला सशक्तिकरण मन्चमा सहजिकरण गर्दै गाँउपालिकाले दलित तथा विपन्न समुदायलाई छुट्टाएको बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । पालिकाले महिला एवं दलितलाई लक्षित गरेर बजेट तथा योजना बनाएपनि कार्यान्वयन हुननसेकेको हुदा महिलाहरुले गाँउपालिकामा गएर समुह मार्फत योजना माग गर्नुपर्ने बताउदै योजना तथा बजेटको बारेमा प्रशिक्षण दिए ।

उनले योजना निमार्ण प्रकृया र चरणहरु बारे बताउदै महिलाहरुले सामुहिक रुपमा बस्ति स्तरको भेलामा सहभागीता जनाएर आफ्नो योजना माग गर्नु पर्ने बताए । उनले लैङ्गिक उत्तरदायी बजेट, सामाजिक जवाफदेहिता र यसको बिधिको बारेमा बताए ।
उनले नेतृत्व विकास संगै मुसहर समुदायले आफुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋिषीले नेपालमा मुसहर तथा दलित समुदायको अबस्थाको बारेमा जानकारी गराउनुको साथै मुसहरहरुको चेतनास्तर कम भएको कारण हरेक क्षेत्रमा पछाडी परेको बताए ।

प्रशिक्षणको क्रममा उहाले मुसहरहरुको आर्थिक, सामाजिक,शैक्षिक, राजनितिक र साँस्कृतिक अवस्था र उनिहरुले भोगेको समस्याको बारेमा बताउदै समस्या समाधानको उपाएको बारेमा प्रशिक्षण दिएका थिए । साप–नेपालकी फिल्ड सुपरभाईजर सोनिया माझि र स्थानिय श्रोतव्यक्ति रबिता माझीले लैङ्गिक समानता, महिलाहरुको लैङ्गिक,आर्थिक, सामाजिक भुमिका र आयआर्ज र बचत गर्ने बानिको विकास गर्नुपर्ने भन्दै समुहमा बचतको महत्व बारे प्रशिक्षण गरेका थिए ।

दलित अगुवा पुनित पासवानले मुसहरहरुको शैक्षिक सामाजिक,राजनितिक,आर्थिक मुद्दाहरुमा पैरवी गर्न महिलाहरुको क्षमता विकास आवश्यकता भएको हुदा शिक्षा, स्वास्थ्य,सरसफाई,विकास,आयआर्जन, महिला हिंशा, जातिय छुवाछुत महिला सशक्तिकरण, जस्ता क्षमता अभिवृद्धिमुलक कार्यक्रमले दलित समुदायमा सकारात्मक परिवर्तन आउने बताए । वडा न २ का वडा अध्यक्ष रामनारायण महतोले मुसहर समुदायले कार्यक्रमबारे चासो नदिनेहुनाले कार्यक्रम बाट बन्चित हुनुपरेको बताए ।

लक्षित समुदायलाई छुट्टाइएको कार्यक्रमहरु अन्य समुदायमा भएपनि मुसहर समुदायमा हुन नपाएको बताए । यसक्रममा कार्यक्रम संयोजक जनक कार्कीले आगामी दिनमा समुहको माध्यमद्धारा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु गाउँपालिका, नगरपालिका, महिला तथा वालवालिका शाखा,स्वास्थ्य शाखा ,कृषि,पशु कार्यालयवाट दिईने सेवा र सुविधा माग गर्नु पर्ने बताए । स्थानिय विकास योजना छनौट तथा निमार्ण देखी निर्णय प्रकृयामा सुशासन, सहभागीता,पारदर्शीता अभिवृद्धि गर्न मुसहर महिलाहरुको अर्थपुर्ण सहभागिता बडाउनुका साथै अन्य सरोकारवाला निकायहरु संग समन्वय र सम्पर्क विस्तार गर्न तालिमले सहयो पुगेको छ ।

कार्यक्रमको अन्तमा सहभागहिरुले कार्यक्रम बाट समुह संचालन, बचतको महत्व ,समानता सहभागीता, योजना तथा बजेटको सम्बन्धमा धेरै उपयोगीकुरा सिकेको बताए । सहभागीले छोरा छोरीलाई नियमित स्कुल पठाउने, घर आँगन सफाराख्ने, दारु, जुवातास बन्द गर्ने, सामाजिक बिकृति विरुद्ध एक जुट हुनुपर्ने कुरा सिकेको बताए ।

वडा अध्यक्ष रामनारायण महतो महिला वडा सदस्यहरु, नेपाल मुसहरसंघ सर्लाहीको अध्यक्ष रितुराज ऋषि चन्द्रनगर गाँउपालिकाका सुचना अधिकारी संजय महतो, आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मीडीया पार्टनर रेडियो एकताका जनार्जन खत्रीले स्थानिय पालिकाका प्रमुख महेन्द्र महतो लगायत सरोकारवाला निकायहरु संग नगरपालिकाको योजना कार्यक्रम बजेटका साथै कार्यक्रममा मुसहर महिलाहरुको सहभागीता र समसामयीक विषयमा रेडीयो कार्यक्रमकोलागी सम्बाद गरेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा तिन वटा वडामा १२१ जना मुसहर अगुवाहरुले तालिम लिएका थिए ।