नवलपुर ग्रिड सवस्टेशन भोलीदेखि मात्रै चालू हुने

372
नवलपुरमा निर्माण भएको ग्रिड सवस्टेशन ।

नवलपुर – सर्लाहीको नवलपुरमा निर्माण भएको १३२÷३३ केभिए ग्रिड सवस्टेशनबाट भोली (शनिवार) देखि मात्रै लाईन जोडिने भएको छ ।

आज (सुक्रवार) बाट टेस्टिङ तथा संचालनको तयारी थियो । तर आज एक जना प्राविधिक आउन नसकेका कारण लाइन जोड्नै नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज ग्रिड सवस्टेशन संचालनका लागि लालबन्दी र हरिवन फिडरको लाईन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काटिने भनिएको थियो । तर प्राविधिक नआएपछि लाईन काटिएन् ।

अब भोली लाईन जोड्ने बेला केही मिनेट बत्ती गएपनि त्यसपछि सूचारु हुने प्राविधिकहरुले बताएका छन् । नवलपुर ग्रिड सवस्टेशनबाट सुरुमा लालबन्दी र हरिवन फिडरमा लाईन जोडिने छ ।

निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्ज समेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिए ।