तेस्रो मेयर कप फुटबल : वडा नं. ६ बिजयी

672
सुक्रवारको खेलमा बिजेता वडा नं. ६ को टिम ।

बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सुक्रवार वडा नं. ६ बिजयी भएको छ ।

खेल संचालन भइरहेको स्थान वडा नं. ४ लाई नै १–० गोलले पराजित गर्दै वडा नं. ६ बिजयी भएको संचारकर्मी राजु लो तामाङले जनाए । प्रतियोगितामा शनिवार दुई पटक लगातार मेयर कपको बिजेता बनिसकेको वडा नं. २ र वडा नं. ९ ले खेल्दै छन् ।

बागमती नगरपालिकाको आर्थिक सहयोगमा हिजोबाट स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । कात्तिक १६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाको १२ वटै वडाबाट एक/एक वटा र आयोजक ऊँ युवा क्लबको तर्फबाट एउटा गरी जम्मा १३ वटा टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।