बागमतीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु, वडा नं. ८ द्वारा बिजय सुरुवात

353
प्रतियोगता उद्घाटन समारोहलाई सम्वोधन गर्दै मेयर थापा । (तस्बीर सौजन्य : संचारकर्मी राजु लो तामाङ)

बागमती – सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा बिहिवारबाट तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

नगरपालिका कार्यालयको सहयोगमा स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिहिवार दिउँसो क्लबका अध्यक्ष भिमल आले मगरको अध्यक्षतामा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गरेका छन् ।

कात्तिक १६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाको १२ वटै वडाबाट एक÷एक वटा र आयोजक ऊँ युवा क्लबको तर्फबाट एउटा गरी जम्मा १३ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैबीच, प्रतियोगिताको बिहिवार उद्घाटन खेलमा वडा नं. ८ ले वडा नं. ७ लाई ३–० गोलले पराजित गरेको छ । बिहिवारको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने वडा नं. ८ का क्याप्टेन टोपबहादुर लामिछाने म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा सुक्रवार (भोली) वडा नं. ४ र ६ ले खेल्ने आयोजकलाई उद्रित गर्दै संचारकर्मी राजु लो तामाङले जानकारी दिए ।