द्वन्द्व पीडित बालबालिकालाई दशैँ मनाउन मेयर थापाले दिए ५० हजार

260
घुर्कौली बाल गृहमा आश्रित बालबालिका

घुर्कौली – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले वुधवार घुर्कौलीस्थित द्वन्द पीडित बाल गृहमा आर्थिक सहयोग गरेका छन् ।

मेयर थापाले बाल गृहमा आश्रय लिएर बसिरहेका अभिभावकविहिन बालबालिकालाई दशैँ मनाउन सहयोग पु¥याउने उद्देश्यले आफ्नो व्यक्तिगततर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । कार्यक्रममा मेयर थापाले अनेकन द्वन्दमा घर परिवार गुमाएका यस्ता बालबालिकाको अभिभावक बन्न पाउँदा खुसी लागेको बताए ।

थापाले प्रत्येक वर्ष यसरी घुर्कौली बालगृहका बालबालिकालाई सहयोग गर्दै आइरहेका छन् । आर्थिक सहयोग हस्तान्तरणकै अवसरमा नेपालीको महान चाड दशैँको अवसरमा शुभकामना साटासाट समेत गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकी, विद्यार्थी नेता विवेक मैनाली, बालगृहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।