लालबन्दी सिटी लियो क्लबद्वारा आश्रममा कपडा सहयोग

362

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सोमवार लालबन्दी सिटी लियो क्लबले कपडा सहयोग गरेको छ ।

क्लबले दशैँ, तीहार, छठजस्ता चाडबाडको अवसर पारेर आश्रमका वृद्धवृद्धालाई २७ थान साडी, १५ थान बर्को र २ थान भेष्टपाइन्ट प्रदान गरेको हो । लालबन्दी सिटी लियो क्लबका अध्यक्ष सन्नी कुमार गुप्ता, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष विकल जर्गा मगर, लायन्सका पूर्व अध्यक्ष राज कुमार न्यौपाने लगायतको उपस्थितिमा आश्रममा कपडा प्रदान गरिएको हो ।

केही बालबालिका र वृद्धवृद्धासहित ४० जनाभन्दा बढी आश्रय लिएर बसिरहेका आश्रममा यसरी दिनहुँजसो सहयोग प्राप्त भइरहँदा आश्रम संचालनमा टेवा पुगिरहेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।