विप्लवकाे युवा संगठनमा पुनः पुलामी चयन

187

हरिवन – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल सर्लाहीले नेतृत्व चयन गरेको छ ।

मंगलबार दिउँसो हरिवन नगरपालिका वडा नं. ९ स्थित सुखेपोखरी मन्दिर परिसरमा भएको भेलाबाट पुनः भरत पुलामीकै संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । अध्यक्षबाहेक कमिटीका अरु पदाधिकारीहरु भने चयन गर्न बाँकी छ । पार्टीका केन्द्रीय सदस्य मिसन शाहीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा जिल्ला सेक्रेटरी कमल सुस्लिङ, विशेष कमिटी सदस्य पवन महतो, जनक राउत, युवा संगठन नेपालका केन्द्रीय सदस्य विचारमान थिङ, किसुनदेव शर्मा, पद्म मगर, अर्पण पौडेल लगायतको आतिथ्यता रहेको थियाे । आगामी कात्तिक १३, १४, र १५ गते दाङमा हुने युवा संगठन नेपालको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप मंगलबार विप्लव माओवादीले सर्लाहीमा युवा संगठनको जिल्ला भेला गरेर नेतृत्व चयन गरेको हो ।