मुसहर महिलाहरुको सशक्तिकरणका लागि घुम्ती प्रशिक्षकहरुलाई तालिम

160

लालबन्दी – लैंगिक उत्तरदायी सामाजिक जवाफदेहिता प्रवद्र्धन लागि मुसहर महिला सशक्तिकरण घुम्ती प्रशिक्षकहरुका लागि आयोजित ३ दिने तालिमको शनिवार लालबन्दीस्थित नमस्ते होटल एण्ड गेष्ट हाउसमा समापन गरिएको छ ।

हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, बसबरिया गाउँपालिका र चन्द्रनगर गाउँपालिकाका मुसहर महिलाहरुलाई सहभागी गराई साउथ एशिया पार्टनरशीप–नेपाल (साप–नेपाल) ले तालिम प्रदान गरेको हो । साप–नेपालले यि चार पालिकामा नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन परियोजना अन्तर्गत आफ्नो अधिकारको खोजीका लागि मुसहर महिलाहरुको सशक्तीकरण गर्ने, स्थानीय सरकारका अधिकारहरुमा समग्र जवाफदेहिता अभिवृद्धि गर्ने लगायतका काम गर्नेछ ।

सो कार्यक्रम संचालनका लागि घुम्ती प्रशिक्षकहरुलाई क्षमता विकास गर्न तालिम प्रदान गरिएको हो । तालिमका सहभागीहरुलाई शनिवार साप–नेपालकी अध्यक्ष गीता भट्टराई, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदा, दलित विकास समिति प्रदेश २ का उपाध्यक्ष राम प्रवेश बैठा लगायतले प्रमाण पत्र वितरण गरे ।

सहभागीहरुलाई जनक कार्की, रुपेश कुमार कर्ण, पंकज कायस्थ र बनिता कार्कीले प्रशिक्षण प्रदान गरेका आयोजकले जनाएको छ । यो परियोजना अन्तर्गत मुसहर महिलाहरुको सशक्तीकरणका लागि २४ महिनासम्म कार्यक्रम संचालन गर्न २ करोड ५६ लाख ८७ हजार २०० रुपैयाँ लागत लाग्ने कार्यक्रमका संयोजक जनक कार्कीले जानकारी दिए ।