सर्लाहीको हरिपूर्वाबाट चाँदीको गरगहनासहित दुई युवक पक्राउ

336

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वाबाट चाँदीको गरगहनासहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट अवैधरुपमा भित्र्याइएको चाँदीका एक लाख २१५ रुपैयाँ बराबरको तयारी गरगहनासहित हरिपूर्वा नगरपालिका–५, का २७ वर्षीय रोशन प्रसाद अधिकारी र वर्ष २७ कै कौशल प्रसाद यादव पक्राउ परेका हुन् । उनीहरुलाई सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने सङ्ग्रामपुरतर्फबाट बीआर ३० जे ७१६५ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको छ ।