समाजवादीमा पौडेललाई पोलिटब्यूरो र लुंगेलीलाई केन्द्रीय सदस्यको जिम्मेवारी

335
नेकपा (एस) का पोलिटब्यूरो सदस्य पौडेल र केन्द्रीय सदस्य लुंगेली ।

लालबन्दी – नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण पौडेलले पार्टीको पोलिटब्यूरो सदस्य र नेतृ बेची लुंगेलीले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

बिहिवार बसेको केन्द्रीय कमिटीको बैठकले बागमती निवासी पौडेललाई पोलिटब्यूरो र लालबन्दी निवासी लुंगेलीलाई केन्द्रीय सदस्यमा चयन गरेको हो । पौडेल सो पार्टीको प्रदेश २ का सचिव एवं सर्लाही जिल्ला इन्चार्जको जिम्मेवारीमा समेत छन् ।

यस्तै, नेतृ लुंगेली प्रदेश सभा सदस्य छिन् । नेकपा एमालेमा रहँदा पौडेल केन्द्रीय सदस्य र लुंगेली जिल्ला कमिटी सचिव थिए ।

एमालेबाट अलगभई बनेको एकीकृत समाजवादीले अहिले देशैभर धमाधम कमिटीहरु चयन गरिरहेको छ । बिहिवारको बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको थियो ।

पार्टीले सर्लाही लगायतका केही जिल्लाहरुमा पदाधिकारी चयन गर्न सकिरहेको छैन् । जिल्ला तथा प्रदेशबाट कमिटी चयन हुन नसकेपछि अब केही दिनभित्रै केन्द्रीय कमिटीले नै जिल्ला कमिटीको घोषणा गर्ने एकीकृत समाजवादीका एक नेताले बताए ।