जानकिनगरबाट अवैध सालको गोलियासहित दुई जना पक्राउ

688

मुर्तिया – जिल्लाको हरिपुर नगरपालिका–१, जानकिनगरबाट प्रहरीले वुधवार राती अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । मूर्तियास्थित ईलाका प्रहरी कार्याल्यबाट खटिएको प्रहरी गस्ती टोलीले भित्री सडकबाट ना १ त ७८०२ नम्वरको ट्याक्टरमा राखेर तस्करी हुँदै गरेको काठ बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा सालको ५५ क्यूबिक फिट बराबरको ११ थान ठूला गोलिया बरामद भएको प्रहरीले जनाएको छ । काठ र ट्याक्टरसँगै ट्याक्टरधनी हरिपुर नगरपालिका–१, जानकिनगरकै ५० वर्षीय जयदेव महतो र सोही ठाउँका ४० वर्षीय लालबहादुर लोप्चनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति, बरामद भएको काठ र ट्याक्टर आवश्यक कारवाहीका लागि बिहिवार बिहान सवडिभिजन वन कार्यालय जानकिनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।