कौडेनामा ३१ छात्रालाई साइकल वितरण

227

कौडेना – प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सोमवार सर्लाहीको कौडेना गाउँपालिका–६, ईनर्बा सक्रौलमा रहेको जनता माध्यमिक विद्यालयका ३१ जना छात्रालाई साइकल वितरण गरिएको छ ।

कक्षा ८ को अध्ययन पूरा गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका सम्पूर्ण ३१ जना छात्रालाई एक/एक थान साइकल वितरण गरिएको वडाध्यक्ष किशोरी राय यादवले जानकारी दिए । कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव, शिक्षा विकास तथा समन्वय ईकाई मलंगवाका प्रमुख रामाधार कुशवाहा, विद्यालयका प्रधानाध्यापक श्रीनारायण महतो लगायतको उपस्थितिमा छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले यसरी कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गर्दै आइरहेको छ ।