सर्लाहीको बागवानीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

520
सांकेतिक तस्बिर ।

नवलपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालन्दी नगरपालिका–१, नवलपुर बागवानीमा शनिवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लालबन्दीतर्फबाट खेत जोतेर नवलपुर फर्किदै गरेको प्रदेश २–०२–००१ त १३७९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक लालबन्दी नगरपालिका–११, हीरापुरका २७ वर्षीय सुकेश्वर राय यादवको मृत्यु भएको हो ।

शनिवार राती ८ बजेतिर भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएका यादवको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

प्रनी थापाका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । ट्याक्टर लालबन्दी प्रहरीको नियन्त्रणमा रहेको छ ।