सोल्टी बजारमा इन्द्रजात्रा मेला महोत्सव शुरु

142

सोल्टी – सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा आजबाट ४८ औं इन्द्र जात्रा मेला महोत्स सुक्रवारबाट शुरु भएको छ ।

प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको अहिले साँझ बागमती नगर पालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । सोल्टी यूवा क्लव र बागमती उद्योग वाणिज्य संघको आयोजना रहेको मेलामा प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, कुस्ती, बिभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ ।

मेलामा स्थानीय उत्पादनकासाथै विभिन्न व्यापारिक स्टलसमेत रहने महोत्सव आयोजक समितीका अध्यक्ष टिका दर्लामीले जानकारी दिए । महोत्सव आयोजनाको लागि बागमती नगरपालीकाको कार्यालय ,व्यापारी, विभिन्न संघ संस्था तथा स्थानीयको व्यक्तिगत सहयोग रहेको बागमती ८ का वडा सदस्य कृष्णदेव कुशवाहाले बताए ।

महोत्सवको पहिलो दिन आज स्थानीय कलाकारहरुकोे नृत्य रहने छ । भोली २ गते आर्केष्ट्रा हुने आयोजकले जनाएको छ ।