घरमा लुकाएर राखिएको सालका अवैध काठ बरामद

107
फाईल तस्बीर ।

जानकीनगर – सर्लाहीको हरिवन नगरपालिका–६, स्थित सुकुम्वासी टोलका विभिन्न घरहरुमा लुकाएर राखिएको सालका अवैध काठ बिहिवार वनका कर्मचारीहरुको टोलीले बरामद गरेको छ ।

बिहिवार दिउँसो डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय जानकीनगरको संयुक्त गस्ती टोलीले जानकीनगर अन्तर्गतको क्षेत्रमा पर्ने हरिवन–६, बाट अवैध काठ बरामद गरेको हो । विभिन्न घरहरुमा खानतलासी गर्दा सालको ११ थान गोलिया, ४९ थान चिरान फली र एक थान चौकस बरामद भएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले जानकारी दिए ।

डिभिजन वन प्रमुख देवले घर–घरमै यसरी काठ लुकाएर राखिएकोबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।