लालबन्दीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको नगर पार्टी कार्यालय उद्घाटन

221
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित नेताहरु ।

लालबन्दी – लालबन्दी नगरपालिकामा वुधवार नेकपा (एकीकृत समाजवादी) पार्टीले नगर कमिटी कार्यालयको उद्घाटन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ सचिव लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा नगर पार्टी कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रममा पार्टीकी नेतृ एवं प्रदेश सभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका मेयर जमरुदिन मन्सुर, नेताहरु सुरेन्द्र लामा, प्रकाश पाख्रिन, गोबिन्द अधिकारी, राजन काफ्ले, चूडामणि वाग्ले, सनत दास, पन्चलाल स्वाबो, उद्धव पाठक लगायतको उपस्थिति रहेको थियो ।

समाजवादीले स्थानीय तहमा पहिलो पटक लालबन्दीमा पार्टी कार्यालय उद्घाटन गरेको हो । लालबन्दीमा समाजवादीको नगर सचिवमा राज तामाङ र कार्यालय सचिवमा प्रेमबहादुर थापालाई चयन गरिएपनि अन्य पदाधिकारी छान्न बाँकी रहेको छ ।