पिडारीमा युवाहरुको पहलमा सडक सरसफाई

हरिपुर – युवाहरुको पहलमा मंगलवार सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा गाउँको मूल सडक सरसफाई गरिएको छ ।

ब्याहूत कलवार समाजमा आवद्ध युवाहरुले कूल देवता श्री बलभद्र पूजा समारोहका अवसरमा सडक सरसफाई गरेका हुन् । मधेसका गाउँहरुमा प्रायः सडकमै जथाभावी फोहोरमैला फाल्ने प्रचलन रहेको छ ।

सो प्रथालाई अन्त्य गर्ने र जनचेतना जगाउने उद्देश्यले गाउँको सडक सरसफाई गरिएको स्थानीय युवा नवीन साहले जानकारी दिए ।