स्व. समाजसेवी खनालको १३ औँ दिनको पुण्य तिथीमा श्रद्धान्जली सभा सम्पन्न

हरिवन – समाजसेवी एवं नेपाली कांग्रेसका शुभेच्छुक स्वर्गिय सरोज खनालको १३ औँ दिनको पुण्य तिथीमा सोमवार श्रद्धान्जली सभा गरिएको छ ।

नेपाली कांग्रेस हरिवन नगर समितिले स्वर्गिय खनालकै निवास हरिवन–९, स्थित सुखेपोखरीमा श्रद्धान्जली सभा आयोजना गरेको हो । कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षता तथा कांग्रेस सिन्धुली जिल्लाका सभापति उज्वल बरालको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धान्जली सभामा कांग्रेस नेता शोभाकर पराजुली, कांग्रेस सर्लाहीका पूर्व पार्टी सभापति लक्ष्मण राय, पूर्व उपसभापति विनोद खनाल, वर्तमान कार्य समितिका सचिव नवीन अधिकारी, कांग्रेसको तर्फबाट हरिवन नगरपालिका मेयरका प्रत्यासी दीलिपराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले स्वर्गिय खनालले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । ५३ वर्षीय खनाल भदौ १७ गते धादिङमा सुतिरहेकै ठाउँमा मृत फेला परेका थिए ।

सर्भिस फर पिस नेपाल नामक संस्थाको महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङमा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि त्यहाँ पुगेका थिए

सोमवारको श्रद्धान्जली सभा कार्यक्रममा स्वर्गिय खनालको परिवारले बरहथवा नगरपालिका–१७, की एक दलित छात्रालाई साइकल तथा हरिवन नगरपालिका–९, की एक बिरामी बालिकालाई उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।