बागममती युवा क्लका खेलाडिको बिदाई


सरिता सापकोटा, बागमती–सि डिभिजन छनौट खेल्न गएको बागमती युवा क्लबका खेलाडिको एक कार्यक्रमका विच बिदाई गरिएको छ ।

शुक्रवार सि डिभिजन छनौट खेल्न जान लागेका खेलाडिलाई एक कार्यक्रमका विच क्लवले विदाई गरेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप मेयर लिलाकुमारी मोक्तान, अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य दावा लामा, क्लवका खेल संयोजक एवं बागमती नगरपालिका २ का वडाध्यक्ष दिपक लामा, बागमती १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, क्लवका अध्यक्ष किस्मत राज मैनाली, सचिव कुमार प्रधान, महासचिव सागर मैनाली लगाएको उपस्थितीमा खेलाडिहरुलाई शुभकामना ज्ञापन गर्दै विदाई गरिएकोे क्लवले जनाएको हो ।

कार्यक्रममा खेलाडिहरुलाई खादा लगाएर बिदाई गरिएको थियो । लगतै खेलाडिहरु काठमाण्डौ प्रस्थान गरेका छन् । बागमती युवा क्लवको टोली उज्वल भण्डारीको कप्तानीमा छनौट खेल खेल्न काठमाण्डौ प्रस्थान गरेको टिमको नेतृत्व क्लवका सचिव बेनिकुमार प्रधानले गर्नुभएको छ । कोच सुनिल श्रेष्ठको केही समयको बन्द प्रशिक्षण पछि टोली सि डिभिजन छनौट खेल्न गएको क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो । खेलाडिहरु यस पटक सि डिभिजनमा उक्लने लक्ष्य सहित उच्च मनोबलका साथ मैदानमा उत्रने टिम कोच श्रेष्ठको भनाई छ ।

मोफसलको ठुलो धनराषी पुरस्कार रहेको राजर्षि जनक रनिङ सिल्ड आयोजना गर्दै आएको यस क्लवले भबिश्यमा एउटा राम्रो टिम तयार गर्ने गरी खेलाडि अनुबन्ध गरेर प्रशिक्षण दिदैआएको छ । यस प्रदेश अन्तर गर्न मोफसलमा यसरी खेलाडि अनुबन्द गरेर टिम तयार गर्ने पहिलो क्लव रहेको क्लवको दावी छ । यो सहित हाल सम्म प्रदेश नम्बर दुईमा सि डिभिजन छनौट खेल्ने टिम दुईवटा पुगेको छ । सिराहाको गोल बजार क्लवले पनि सि डिभिजन छनौटमा सहभागीता जनाएको छ ।

यस बागमती युवा क्लवमा मासिक तलव भत्ता सहित स्थानीय २२ जना खेलाडि अनुबन्ध भएका क्लवले जनाएको छ । केही समय यता क्लवले आफ्ना खेलाडिको लागि यातायात सुविधा पु¥याउने गरी आफ्नै बस समेत संचालनमा ल्याएको छ । उक्त बसमा बिहान खेलाडि लिन र पु¥याउन जाने गरेको क्लवले जनाएको छ ।