आजबाट पुनः चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै

लालबन्दी – सर्लाहीमा आजबाट भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले आजदेखि साउन ३० गतेसम्म जिल्लाका २० वटै पालिकाका खोप केन्द्रहरुबाट खोप लगाइने जनाएको हो । अन्य खोपको तुलनामा चिनियाँ खोप, भेरोसेल धेरै मात्रामा आइरहेको छ ।

यो पटक ३५ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्ति, शिक्षक, गाडीका चालक तथा सहचालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी लगायतलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर करिव ५० हजार जनालाई यो पटक खोप लगाइने भएको छ ।