विपन्न र सुकुम्वासी परिवारलाई बाख्रा वितरण

लालबन्दी – लालबन्दी नगरपालिका वडा नं. १३ तल्लो पत्थरकोट र वडा नं. १७ रानिगन्ज सुकुम्वासी बस्तीमा वुधवार ३० घर विपन्न र सुकुम्वासी परिवारलाई बाख्रा वितरण गरिएको छ ।

जविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब लालबन्दी सेन्चुरी र लायन्स क्लब लालबन्दीको संयोजनमा आयआर्जन न्यून भएका परिवारलाई एक/एक वटा बाख्रा वितरण गरिएको हो । लायन्स क्लबका इन्टरनेशनल पास्ट पल्टिपल आउन्सिल चेयरपर्सन भरत प्रसाद ढुंगेलको विशेष पहलमा अतिविपन्न र सुकुम्वासी परिवारलाई बाख्रा उपलब्ध गराइएको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिए ।

वडा नं. १३ मा वडाध्यक्ष शिवकृष्ण वैद्य र वडा नं. १७ मा वडाध्यक्ष नवराज अधिकारीको रोहबरमा बाख्रा वितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका वर्तमान अध्यक्ष बिकल जर्गा मगरले बताए ।