क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट सर्लाहीका कांग्रेस नेताहरु केन्द्रीय पार्टी कार्यालयमा धर्नामा

केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्नामा बसेका कांग्रेस सर्लाहीका नेताहरु ।

टंकबहादुर क्षेत्री/लालबन्दी – पार्टीको क्रियाशील सदस्यता विधि विधान अनुसार वितरण गर्न माग गर्दै नेपाली कांग्रेस सर्लाहीका केही नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपामा गएर धर्नामा बसेका छन् ।

केन्द्रको निर्देशन विपरीत क्रियाशील सदस्यता वितरण भएको भन्दै नेताहरु काठमाण्डौं नै गएर धर्नामा बसेका हुन् ।

पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, जिल्ला सचिव नवीन अधिकारी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिनेश मिश्र लगायत धर्नामा बस्नु भएको काठमाण्डौंमै रहनु भएका नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशल किशोर रायले जानकारी दिए ।

धर्नामा बसेका नेताहरुले नव प्रवेशीको नाममा गैर कांग्रेसीलाई क्रियाशील सदस्यता दिन नहुने, जिल्ला तहबाट नभई वडा स्तरबाटै सिफारिस भएर जानुपर्ने लगायतका माग राखेका छन् ।