सशस्त्र द्वन्द्वका प्रथम सहिद कोईराला परिवारको घर शिलान्यास

8
शिलान्यास कार्यक्रम ।

सरिता सापकोटा/बागमती – सशस्त्र द्वन्द्वका प्रथम सहिद स्वर्गीय ईन्द्र कोईरालाको घर शिलन्यास गरिएको छ ।

शनिवार सर्लाहीको बागमती नगरपालिका–१२, नयाँ बस्तीमा माओवादी केन्द्रको अगुवाईमा सशस्त्रद्वन्द्वका सर्लाहीका पहिलो सहिद स्वर्गीय ईन्द्र कोईरालाको परिवारका लागि घर शिलन्यास गरिएको हो । माओवादी केन्द्र जिल्ला कमिटिले निर्माण गरिदिन लागेको उक्त घरको केन्द्रका केन्द्रिय सदस्य अच्युतम काफ्ले, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, जिल्ला सचिव कमल बुडाथोकी, जिल्ला समन्वय समिति उप–सभापती जमुना पराजुली, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो लगाएतले सम्युक्त रुपमा शिलन्यास गरेका हुन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कोईराला परिवारलाई ब्यक्ति तथा संघ, संस्थाको समेत सहयोगमा घर निर्माण गरिदिने माओवादी केन्द्र जिल्ला कमिटिको बैठकले यस पहिला नै निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सहिद कोईराला परिवारलाई तिन कोठा, ट्वाईलेट बाथरुम सहितको एक तल्ले पक्कि घर निर्माण गरिदिन लागेको जिल्ला सचिव बुडाथोकीले बताए । अनुमानीत लागत १७ लाख रहेको उक्र भवन आउदो कात्तिक १० गते सम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको निर्माण समिति संयोजक समेत रहेका शन्देस श्रेष्ठले बताए ।

भवन निर्माणमा पार्टिका नेता, कार्यकता र पार्टिका सुवेच्छुक संस्थाहरुबाट समेत निर्माण सामाग्री सहयोगको प्रतिबद्दता प्राप्त भएको माओवादी केन्द्र जिल्ला समिती सर्लाहीले जनाएको छ । बागमती नगरपालिकाले भवन निर्माणको लागि जग्गा उपलब्द गराएको निर्मांण समिति संयोजक श्रेष्ठले जानकारी दिए । सहिदको बलिदानीको जगमा देशमा ब्यवस्था परिवर्तन भएपनि संघर्षमा होमीएका र सहादत प्राप्त सहिदका परिवार राज्यबाट सधै उपेक्षित भएका कार्यक्रमका बक्ताहरुको भनाई थियो । आर्थिक रुपमा विपन्न सबै सशस्त्र द्वन्द्वमा होमीयका सबै परिवारलाई सहयोग गरिने केन्द्रका जिल्ला कमिटि सचिव बुडाथोकीको भनाई थियो ।

कार्यक्रममा बोल्दै केन्द्रका जिल्ला कमिटि सचिव बुडाथोकीले देश र जनताको लागि जिवन आहुती दिएका सहिद परिवारलाई एउटा छानो सहयोग गर्ने सवालमा समेत राजनिति गर्ने प्रयास भएको भन्दै कटाक्ष गरे । केन्द्रले केही समय पहिला सहिद कोईराला परिवारलाई सानो घर बनाई दिने निर्णय सार्वजनिक भए पछि सामाजिक संजालमा टिका टिपणी भएको थियो । सोही कुरालाई इंगीत गर्दै जिल्ला सचिव बुडाथोकीले केन्द्रको पदिय जिम्मेवारीमा रहेका ब्यक्तिनै रंगभेदी राजनितिमा लागेको आरोप लगाए । आफु जिम्मेवाार पदमा हुदा केही नगर्ने, सहिद परिवारको लागि भनेर आएको रकम समेत आफै खाने, अनी अहिले सामाजिक संजालमा रोईलो गर्ने ? बुडाथोकीले भने, राजनिती गर्ने भनेको समाज सेवाको लागि हो, पैसा कमाउने भए ब्यापार गरे भईहाल्योनी ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उप्रेतीले सहिदले जिवन आहुती गरेर ल्याएको ब्यवस्था संस्थागत हुदै गर्दा तिनै सहिदलाई यो पार्टिको र उ पार्टिको भन्नु गलत रहेको बताए । राष्ट्रिय मुद्दा समाधानका लागि कुनै पार्टिको नेतृत्वमा अभियानमा सरिक भएको भए पनि सहिद राज्यको हुनु पर्ने उनको जोड थियो । सोही बलिदानीबाट प्राप्त ब्यवस्था राज्यले भोग गरिरहदा सहिद कसरी एक पार्टि वा पंत्तिको हुन सक्छ ? भनेर उहाँले प्रश्न समेत गरे । ढिलै भएपनि माओवादी केन्द्र सर्लाही जिल्ला कमिटिले सुरु गरेको अभियान अत्यन्तै सम्मान योगय रहेको र यसलाई निरन्तरता दिन समेत केन्द्रका केन्द्रिय सदस्य काफ्लेले आग्रह गरे ।

साविक राजघाट गाविस वडानम्बर–३, निवासी सहिद ईन्द्र कोईरालाले सर्घषकै क्रममा २०५५ साल कात्तिक १० गते सहादत् प्राप्त गरेका थिए । उन्को श्रीमती दुई छोरा र दुई छोरी छन् । दुई छोरीको भने विवाह भईसकेको छ । आफ्नो घर खेत नभएका कारण उहाँहरु माईती हरिवन नगरपालिका–९, बिस्नुपुरमा बस्दै आएका छन् ।

घर शिलन्यास कार्यक्रममा केन्द्रिय सदस्य अच्युतम काफ्ले प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, माओवादी केन्द्र जिल्ला सचिव कमल बुडाथोकी, जिल्ला समन्वय समिति उप–सभापती जमुना पराजुली, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, माओवादी केन्द्रका नेता राम प्रसाद उप्रेती, बागमती नगरापालिका उपमेयर लिला कुमारी मोक्तान, महिला नेत्री बिनिता दहाल, लक्ष्मी कोईराला, वाईसिएल जिल्ला संयोजक संजय पाचे मगर, बिध्यार्थी नेता राजकुमार बिश्वकर्मा, बिश्वमणी थापा, बागमती नगरपालिका वडानम्बर–११, का वडाध्यक्ष प्रदिप आचार्य, १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।