ओली समूह निकट युवा संघ सर्लाहीको जिल्ला कमाण्डरमा बर्तौला र पाख्रिन

12
कमाण्डर तोकिएका बर्तौला (बायाँ) र पाख्रिन (दायाँ)

हरिवन – नेकपा एमालेको केपी शर्मा ओली समूहले सर्लाहीसहित प्रदेश २ का ८ वटै जिल्लामा राष्ट्रिय युवा संघ, नेपालको दुई÷दुई जना जिल्ला कमाण्डर तोकेको छ ।

सर्लाही जिल्लामा हरि बर्तौला र जोनिस पाख्रिनलाई जिल्ला कमाण्डरको जिम्मेवारी तोकिएको हो । पाख्रिन ओली समूहको युवा संघका जिल्ला अध्यक्ष समेत हुन् ।

सर्वोच्च अदालतको फैसलालाई गैरन्यायिक फैसला भनिरहेको ओली समूहले सो फैसला विरुद्ध संघर्ष गर्न युवा संघको जिल्ला कमाण्डरहरु तोकेको हो । ‘सर्वोच्च अदालतद्धारा मिति २०७८ असार २८ गते जारी गरेको परामादेशले देश फेरि अस्थिरतातिर धकेलिएको छ । यस किसिमका असंवैधानिक गैर न्यायिक फैसाला विरुद्ध राष्ट्रिय युवा संघ नेपाल प्रदेश नं. २ का सम्र्पूण जिल्लाका नेता कार्यकर्तालाइ सशक्त विरोध प्रदर्शनमा उत्रिन आब्हान गर्दछ ।’

राष्ट्रिय युवा संघ नेपाल प्रदेश २ द्धारा जारी सर्कुलरमा भनिएको छ । ओली समूहले यसअघि पार्टीको सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह र सचिवमा केदार खत्रीलाई मनोनित गरिसकेको छ ।