मलंगवामा खुल्यो स्तरीय सेवा सुविधा सहितको महेन्द्र होटल

होटल उद्घाटन समारोहमा उपस्थित व्यक्तित्वहरु ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा महेन्द्र होटल एण्ड लज सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो होटलको उद्घाटन गरिएको छ । वर्षौंदेखि महेन्द्र मिट हाउसको रुपमा खाना र नास्ताको होटल मात्र सञ्चालन गरिरहेका महेन्द्र राउतले स्तरीय सेवा सुविधा सहित बासको समेत व्यवस्था रहेको महेन्द्र होटल एण्ड लज सञ्चालनमा ल्याएका हुन् ।

नगरपालिका चोकदेखि केही उत्तर साबिक महेन्द्र मिट हाउस भन्दा केही उत्तर नयाँ सञ्चालनमा आएको महेन्द्र होटलमा एयरकण्डिशनको सुविधा सहित आवासका लागि स्तरीय कोठाहरु, सभाहल, रेष्टुरेन्ट लगायतको व्यवस्था रहेको सञ्चालक महेन्द्र राउतले जानकारी दिए । सञ्चालक राउतको अध्यक्षता रहेको होटल उद्घाटन समारोहमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका अध्यक्ष हिरा गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सांसद् अशोक यादव, जिल्ला समन्व्य समितिका प्रमुख मेथुर चौधरी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका कोषाध्यक्ष बैकुण्ठ सापकोटा, सदस्य सम्राट श्रेष्ठ, सल्लाहकार विजय झुनझुनवाला, होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योञ्जन, महोत्तरीका अध्यक्ष सुदिप कार्की, सर्लाही उपाध्यक्ष नकुल भण्डारी लगायतले आतिथ्यता गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले सदरमुका मलंगवामा सञ्चालनमा आएको महेन्द्र होटल एण्ड लजबाट खाना एवं खाजा तथा आवास सहित कार्यक्रमहरु गर्नका लागि स्तरीय सेवा सुविधा सहितको व्यवस्था रहेकाले होटल व्यवसाय सफल हुने विश्वास सहित शुभकामना व्यक्त गरे ।महेन्द्र मिट हाउस सदरमुकाम मलंगवा क्षेत्रमा खसीको तास सहितको खाजा र खानाका लागि लोकप्रिय रहेको थियो ।