हजारबिघामा तेक्वान्दोका ५० जना खेलाडीको ग्रेडिङ्ग

हजारबिघा – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा सोमवार तेक्वान्दोका ५० जना खेलाडीको गे्रेडिङ सम्पन्न भएको छ ।

त्यहाँ रहेको प्रगतिशील तेक्वान्दो डोजाङ्गका खेलाडीहरुको ग्रेडिङ गरिएको हो । डोजाङ्गका प्रमुख जीतबहादुर लामिछानेको अध्यक्षता तथा माओवादी केन्द्रका स्थानीय नेता सुनिल बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वरिष्ठ तेक्वान्दो प्रशिक्षक भरत भण्डारी र चेतबहादुर ठकुरी, तेक्वान्दो संघका जिल्ला अध्यक्ष बद्री सापकोटा, नवलपुर डोजाङ्गका प्रमुख दीपक श्रेष्ठ, सासापुर डोजाङ्गका पूर्ण राना मगर, स्थानीय एक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष होमराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तेक्वान्दोका खेलाडीहरुको मनोबल उच्च पार्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमराज काफ्लेले व्यक्तिगत तर्फबाट प्रगतिशील तेक्वान्दो डोजाङ्ग हजारबिघालाई ५ हजार रुपैयाँ प्रदान गरेका नवलपुर डोजाङ्गका प्रमुख दीपक श्रेष्ठले जानकारी दिए ।