हरिवनकाे वडा नं. १० ले बाँड्याे लाेप हुँदै गएकाे पञ्चेबाजा

हरिवन – हरिवन नगरपालिका वडा नम्बर १० ले सदियाैंदेखि पञ्चेबाजा बजाउँदै आएकाे समुदायलाई बाजाहरु प्रदान गरेकाे छ ।

आईतबार दिउँसाे हरिवन नगरपालिका कार्यालय परिसरमा आयाेजित एक समाराेहबीच सनै, टेम्काे, दमा, कर्नाल, नर्सीङा, झ्याली लगायत बाजा हस्तान्तरण गरिएकाे वडा नं. १० का वडाध्यक्ष शम्भु मैनालीले जानकारी दिए । हरिवन घरभई विबाह, ब्रतबन्ध लगायत शुभकार्यमा बाजा बजाउँदै आएका दमाईँ समुदायलाई आर्थिक उन्नतीमा टेवा पुगाेस् भनेर एकलाख रुपैंया बराबरकाे पञ्चेबाजा वितरण गरिएकाे वडाध्यक्ष मैनालीले बताए ।

वडाध्यक्ष मैनालीकाे सभापतित्व एवं हरिवन नगरका मेयर गणेशप्रसाद प्रसाईँकाे प्रमुख आतिथ्यता, उपमेयर रेणुका पाैडेलकाे विशिष्ट आतिथ्यता रहेकाे पञ्चेबाजा हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, नेकपा एमालेका नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती लगायतकाे उपस्थिती रहेकाे थियाे । वडाध्यक्ष मैनालीले वडाकाे बजेटबाट पञ्चेवाजा वितरण गरेर नेपाली समुदायमा अत्यन्त लाेकप्रिय मानिने लाेपाेन्मुख कलासंस्कृतिकाे जगेर्नामा निकै टेवा पुग्ने मेयर प्रसाईंकाे धारणा थियाे ।

वर्षाैंदेखि पञ्चेबाजा बजाउँदै आएका दमाई समुदाय नयाँ सामग्री पाएपछि निकै हर्षित भएका छन् । पछिल्लाे समय ब्याण्डबाजा, डिजे लगायत बाजागाजाकाे प्रयाेग गर्ने प्रचलन बढ्दाे रहेकाले नेपालीहरुकाे कला संस्कृतिकाे रुपमा रहेकाे पञ्चेबाजा लाेपाेन्मुख हुँदै गएकाे छ ।