नव जन जागरण मावीका छात्राहरुलाई साईकल वितरण

सरिता सापकोटा, बागमती–सर्लाहीको बागमती स्थित नव जन जागरण माध्यामिक बिद्यालयमा अध्यनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
शुक्रवार प्रदेश सभा सांसद डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको बिध्यालयले जनाएको हो । प्रदेश सरकारको मुख्य मन्त्री बेटी बचाउ, बेटी पढाउँ कार्यक्रम अन्तरगत बिध्यालयलाई प्राप्त साईकल कक्षा ८ मा अध्यनरत छात्राहरुलाई वितरण गरिएको नव जन जागरण माध्यामिक बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर खड्काले जानकारी दिए ।

कार्यक्रम अन्तरगत ६५ जना छात्राका लागि साईकल प्राप्त भएको विद्यालयले जनाएको हो । साईकल पाएपछि ग्रामिण भेगका छात्राहरुलाई बिध्यालय सम्म आवतजावत गर्न सहज हुने उनिहरुको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद उपे्रतीले साईकल वितरण कार्यक्रमले यस प्रदेशमा लामो समय देखी बिकृती बनेको छोरी नपढाउने परिपाटीको अन्त्य गर्न मद्दत पुगेको बताए ।

बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा ल्याएको आमुल परिवर्र्तनका कारण सामुदायिक बिध्यालयमा बिध्यार्थी र अभिभावकको आकर्षण बढेको उन्को भनाई थियो । हिजोका दिनमा सामुदायिक बिध्यालयले अन्य बिध्यालयको नक्कल गर्ने गरेको सम्झदै आज नगरका सामुदायिक बिध्यालयको नक्कल गर्ने स्थिती सराहनीयकर्म भएको प्रतीकृया दिए । जनप्रतिनिधि आएपछि बिध्यालयको मुहार फेरीएको अभिभावकहरुको भनाई थियो ।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न साईकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य उप्रेती प्रमुख अतिथि, विशिष्ठ अतिथिमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा तथा अतिथिहरुमा नगर उपप्रमुख लिला कुमारी मोक्तान, बिद्यालयका पुर्व ब्यवस्थापन समिति अध्यक्ष भिम बहादुर कोईराला, अभिभावक संघ अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ, संसदिय विकास कोष परिचालन समिती सदस्य एवं नेता बसन्तराज भट्टराई, शिक्षा शाखा प्रतिनिधि ओम कार्की लगाएत रहेका थिए ।

सोही अवसरमा अतिथिहरुले बिध्यालयले तयार गरेको बालविकास कक्षाको समेत निरिक्षण गरेका बिद्यालयका प्रधानाध्यापक बद्रि प्रसाद पोखरेलले जानकारी दिए । बालबालिकालाई आकर्षित गर्ने गरी तयार गरिएको बालविकास कक्षा सुविधा सम्पन्न बिध्यालय बराबरको रहेको अतिथिहरुको प्रतिकृया थियो । उक्त बिद्यालयमा पशु विज्ञान समेत पढाई भईरहेको छ ।