रहेनन् पूर्व प्रधानाध्यापक रेणुकान्त ढुंगाना

स्वर्गिय ढुंगाना ।

लालबन्दी – पूर्व प्रधानाध्यापक एवं सामुदायिक रेडियो एकताका उपाध्यक्ष रेणुकान्त ढुंगानाको निधन भएको छ ।

लालबन्दी नगरपालिका-७, निवासी ढुंगानाको उपचारका क्रममा सुक्रवार राती न्यूरो अस्पताल विराटनगरमा निधन भएको हो । ८१ वर्षीय ढुंगानालाई ज्वरो आएपछि अस्ती बिहिवार उपचारका लागि जनकपुर पुर्‍याइएको थियो ।

उनको त्यहीँ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पाइएको रेडियोका संचालक समिति सदस्य माधव खरेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएपछि जनकपुरमा आइसियूसहित सुविधा सम्पन्न अस्पताल नभएकाले ढुंगानालाई थप उपचारका लागि विराटनगरमा पुर्‍याइएको थियो ।

उनको पार्थिव शरीरलाई अहिले लालबन्दीतर्फ ल्याउँदै गरिएको र अहिले बिहान बागमती पुर्‍याएर सरकारी प्रोटोकल अनुसार नेपाली सेनाको उपस्थितिमा अन्त्येष्टि गरिने खरेलले बताए ।

लालबन्दीका प्रतिष्ठित समाजसेवी एवं आफ्ना उपाध्यक्ष ढुंगानाको निधनमा रेडियो परिवारले गहिरो समवेदन अर्पण गरेको छ । ढुंगाना लालबन्दीको जनज्योति माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए ।