माओवादी प्रवक्ता नारायणकाजी आए स्वास्थ्यकर्मीको टोली लिएर सर्लाही

बागमतीको कर्मैया स्वास्थ्य चौकीमा आयोजित शिविर उद्घाटन समारोहमा उपस्थित माओवादी केन्द्रका प्रवक्ता नारायण काजी श्रेष्ठ (सेतो कुर्ता पाईजामा) लगायत अन्य नेताहरु । (तस्बिर : सरिता सापकोटा/उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिकित्सकको टोली सहित सर्लाही आईपुगेका छन् ।

माओवादी केन्द्र जिल्ला कमिटिको आयोजनामा आज(शनिबार) बागमती, हरिवन र बरहथवा नगरपालिकामा सुरु भएको पीसीआर परिक्षण एवं स्वास्थ्य परामर्श शिविरका लागि चिकित्सक टोली लिएर प्रवक्ता श्रेष्ठ शुक्रबार साँझ सर्लाही आईपुगेका हुन् । आज बिहान बागमती नगरपालिका अन्तर्गत कर्मैया स्वास्थ्य चौकीमा आयोजित शिविरको प्रवक्ता श्रेष्ठले उद्घाटन गरे । दिउँसो बरहथवामा उनैले शिविरको उद्घाटन् गर्दैछन् । त्यसका लागि श्रेष्ठ बरहथवा पुगिसेको बताईएको छ ।

पार्टी प्रवक्ता श्रेष्ठ जिल्ला कमिटीलाई सहयोग गर्न शुक्रवार साँझ नै बागमती आईपुगेका माओवादी केन्द्रका जिल्ला कमिटी सचिव कमल बुढाथोकीले जानकारी दिए । उक्त शिविर शनिवार र आईतवार दुई दिन संचालन हुने माओवादी केन्द्र सर्लाही जिल्ला कमिटीले जनाएको हो । शिबिरमा देशका काठमाडौं, चितवन लगाएत स्थानबाट आएका विशेषज्ञ चिकित्सकहरुहरुले परीक्षण एवं परामर्श गर्ने पार्टीले जनाएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु रामेश्वर राय यादव, प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान लगाएतको सहभागिता रहको थियो ।