हरिपूर्वा क्षेत्रमा तीन दिनदेखि टेलिकमको नेटवर्कमा खराबी

प्रतिकात्मक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको दक्षिण-पूर्वी भेगमा पर्ने हरिपूर्वा क्षेत्रमा विगत दुई/तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्कमा खराबी आउँदा स्थानीयवासी समस्यामा परेका छन् ।

हरिपूर्वा बजार नजिकै टेलिकमको टावर रहेको छ । तर उक्त टावरबाट छाडिने नेटवर्कमा खराबी देखिएको हो । स्थानीयहरु अहिले निजी दूरसञ्चार प्रदायक कम्पनि एनसेलको सीमकार्ड प्रयोग गरेर फोन गर्न बाध्य भएका हरिपूर्वाबाट स्थानीय संचारकर्मी मुकेश झाले जनाएका छन् ।

ग्रामीण क्षेत्र पर्ने भएकाले आफूहरुको क्षेत्रमा बिजुली बत्ती, मोवाइल नेटवर्कलगायत क्षेत्रमा खराबी आउँदा लामो समयपछि मात्रै मर्मत संभार हुने गरेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।