माओवादी नेता कार्यकर्ताले सडकमा फालिएका मास्क उठाए

सडकमा जथाभावी फालिएको मास्क संकलन गर्दै माओवादी नेता कार्यकर्ताहरु ।

हरिवन – दोस्रो पटक संसद् विघटन गरेर प्रतिगमन गरिएको भन्दै वाइसिएल नेपाल र अखिल क्रान्तिकारीले सुक्रवार साँझ सर्लाहीको हरिवनमा प्रदर्शन गरेको छ ।

संसद् पुनःस्थापनाको मागसहित माओवादी केन्द्र निकट ती दुई संगठनले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपश्चात आयोजित कोण सभालाई माओवादी केन्द्रका नेताहरु कमल बुढाथोकी, अर्जुन पन्त, पद्मा ठोकरलगायतले सम्वोधन गरे ।

यस्तै, प्रदर्शनअघि बजार क्षेत्रमा आम सर्वधारणले प्रयोग गरेर जथाभावी फालिएका मास्क संकलन गरेर नष्ट गरिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।