लेनदेनको विवादमा काकाको टेम्पोमा आगजनी गर्ने युवक पक्राउ

गोडैता – टेम्पोमा आगजनी गरेको आरोपमा सर्लाहीको गोडैताबाट एक युवक पक्राउ परेका छन् ।

आफ्नै काका सन्तोष झाको ना २ ह ४४९५ नम्वरको टेम्पोमा आगजनी गरेको आरोपमा गोडैता नगरपालिका-७, बस्ने ३२ वर्षीय भगवान झा पक्राउ परेका हुन् । झाले पैसा लेनदेनको विषयलाई लिएर काकाले घर अगाडि बाटोमा पार्किङ गरेर राखिएको टेम्पोमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेम्पोमा आगजनी भएको खबर पाउनासाथ नजिकैको प्रहरी चौकीबाट खटिगएका प्रहरीले भगवान झालाई तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।