निमोनियाले थलिएका योन्जनको परिवारलाई खाद्यान्न सहयोग

बिरामीलाई खाद्यान्न लिएर पुगेकाहरु ।

घुर्कौली – निमोनियाका कारण फोक्सोको समस्या भई बिरामी परेका सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीका भक्तबहादुर योन्जनको परिवारलाई बिहिवार खाद्यान्न सहयोग गरिएको छ ।

हरिवन घरभई हाल अमेरिकामा बस्ने एक मनकारी युवकको सहयोगमा योन्जनको परिवारलाई चामल, दाल, नुन, तेललगायतका खाद्य वस्तु उपलब्ध गराइएको हो । आर्थिक अवस्था नाजुक रहेकाले योन्जनले हाल घरमै अक्सिजन लगाएर उपचार गराईरहेका छन् ।

उनको परिवारलाई खाद्यान्न हस्तान्तरण गर्न समाजसेवी भरतकुमार कार्की, सिंह योन्जन, रामहरि बुढाथोकी (अमन), युवराज भण्डारी, एम्बुलेन्स चालक कुमार कार्की घरमै पुगेका थिए ।

अमेरिका बस्ने ती युवकको सहयोगमा यसरी अनेकखाले समस्यामा परेका परिवारहरुलाई निरन्तर सहयोग गर्नेक्रम चलिरहेको छ ।