चन्द्रनगरमा निषेधाज्ञाबाट प्रभावित १५१ विपन्न परिवारलाई राहत

राहत वितरण गरिँदै ।

बबरगंज – कोरोना महामारीको दोश्रो लहर र लामो निषेधज्ञाले गर्दा खाधान्नको चरम अभावमा रहेका सर्लाहीको चन्द्रनगर गांउपालिकाका १५१ अति विपन्न परिवारलाई स्टोरिज अफ नेपालको सहयोगमा खाधान्न राहत प्याकेज प्रदान गरिएको छ ।

चन्द्रनगर गांउपालिकाका अति विपन्न परिवारहरु लम्बिदै गरेको निषेधज्ञाले गर्दा खाधान्न अभाव र भोको हुन थाले पछि भोर, अनुसान्धानमुलक परोपकारी संस्थाको पहल र व्यवस्थापनमा सो खाधान्न राहत प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गांउपालिकाका बडा नम्बर २ र ४ अन्तरगत बबरगंज, बिर्ताबजार र गरहाटोलका १५१ अति विपन्न परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको भोरका अध्यक्ष पचुलाल माझीले जानकारी दिए ।

मुसहर, चमार, डोम, दुसाधसहित दलित, मुस्लिम र अति विपन्न गैर दलित सहितका १५१ परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको स्टोरिज अफ नेपालका संयोजक जय पौडेलले बताए । खाधान्न राहत प्याकेजमा प्रति परिवार २५ किलो चामल, ५ किलो हरीयो तरकारी, १ किलो सोयाबिन, १ लिटर खाने तेल, ८ वटा साबुन, ५० वटा सर्जिकल मास्क, दाल र आयोडिनयुक्त नुन रहेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताए ।

कोहीले पनि भोकले गर्दा मृत्यूवरण गर्न नपरोस, खाधन्न अभावमा कोही पनि भोकमरी वा कुपोषणको कुचक्रमा नपरोस भन्ने उदेश्यले राहत प्रदान गरिएको भोरका महासचिव सरोज प्रसाद दुलालले बताए ।