बागमती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य शाखाका संयोजक रामेश्वर सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्मा ।

बागमती – प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले वुधवार सर्लाहीको बागमती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले बागमती नगरपालिका वडा नं. १२ मा रहेको कर्मैया स्वास्थ्य चौकी अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानको रोहबरमा स्वास्थ्य शाखाका संयोजक रामेश्वर सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।

नगरपालिकालाई ५ थान अक्सोमिटर, २५ सेट पी.पी.ई., १ थान थर्मल गन, २ हजार वटा सर्जिकल मास्क, ५ सय एमएलको १० बोतल सेनिटाइजर, ५० वटा फेसशिल्ड, ५ थान स्ट्रिमर, ५ थान गमबुट, १० थान डिजिटल थर्ममिटर र ५० वटा नुहाउने साबुन प्रदान गरिएको विश्वकर्माले बताईन् ।

संस्थाले यसअघि लालबन्दी र ईश्वरपुर नगरपालिकालाई पनि यस्तै किसिमको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।