नेतृ माया बलको उपचारका लागि माओवादी सर्लाहीले मासिक ५० हजार सहयोग गर्ने

माओवादी केन्द्र सलांहीको मंगलवार बसेको बैठक ।

हरिवन – नेकपा माओवादी केन्द्र सर्लाहीले नेतृ माया बलको उपचारका लागि मासिक ५० हजार सहयोग गर्ने भएको छ ।

हिजो बसेको पार्टी जिल्ला कार्यालय बैठकले क्यान्सर पीडित नेतृ बलको उपचारका लागि मासिक ५० हजार आर्थिक सहयोग गर्ने निणर्य गरेको हो । नेतृ बलको औषधि खर्च मात्रै महिनाको ५१ हजार रुपैयाँ लाग्ने परिवारका सदस्यले बताएका छन् । हरिवन नगरपालिका-१०, निवासी माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य नेतृ बललाई आर्थिक अभावमा उपचारका लागि अन्यत्र लान नसकेपछि घरमै राखिएको छ ।

माओवादी केन्द्रको बैठकले नेताहरु रामचन्द्र कुशवाहा र अच्यूतम पोखरेलको निधनमा श्रद्धान्जली व्यक्त गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य सामग्री सहयोग गर्ने निणर्य गरेको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो । बल माओवादी भूमिगतकालमै हतियार बाेकेर हिँडेकी नेतृ हुन् ।