हरिवनमा आज फेरि ५३ जनालाई काेराेना पाेजेटिभ देखियाे

हरिवनको सासापुर स्थित कोभिड अस्थायी अस्पताल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाले संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकाे  थ्राेट स्वाब मध्ये आज (मंगलबार) फेरि थप ५३ जनालाई काेराेना भाईरस पाेजेटिभ देखिएकाे छ ।

दुईपटक छुट्टाछुट्टै संकलन गरेर पठाएकाे १२४ जनाकाे थ्राेट स्वाब परीक्षणकाे आाज आएकाे रिपाेर्ट अनुसार ५३ जनाकाे पाेजेटिभ देखिएकाे हरिवन नगरपालिका काेभिड-१९ फाेकल पर्सन रामबाबु चाैधरीले जानकारी दिए । हरिवन नगरपालिकाले सासापुर स्थित काेभिड-१९ अस्थायी अस्पतालमा गत विहिबार संकलन गरेकाे ५७ जनाकाे थ्राेट स्वाब मध्ये १३ पुरुष र १० महिला गरि २३ जनामा कोरोना भाईरस देखिएकाे छ । त्यस्तै साेमबार पनि सासापुरमै संकलन गरिएकाे ६७ जनाकाे थ्राेट स्वाब मध्ये १६ पुरुष र १४ महिला गरि ३० जना पाेजेटिभ देखिएका छन् ।

चौधरीका अनुसार हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालयता हालसम्म ५१९ जनाको पीसीआर तथा ९३ जनाको एण्टिजेन परीक्षण गराईसकेको छ । जसमा ३०४ जनालाई पोजेटिभ देखिएको छ ।

यसैबीच भाेली (बुधबार) दिउँसाे हरिवन नगरपालिका वडा नम्बर ९ काे ब्रम्हस्थानमा स्थानीय शंकाष्पदहरुकाे एण्टिजेन परीक्षण तथा पहिलादेखि संक्रमित भई हाेम आईसाेलेसनमा बसेकाहरुलाई विभिन्न आैषधी, भिटामिन, स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्ने कार्यक्रम तय भईसकेकाे चाैधरीले जानकारी दिए । हरिवन नपाले यसअघि वडा नम्बर १ र ८ मा यस्ताे अभियान सम्पन्न गरिसकेकाे छ ।

याे पनि पढ्नाेस्

हरिवनको गाउँ–गाउँमा एण्टिजेन परीक्षण, सासापुरमा थ्रोट स्वाब संकलन्

जिल्ला स्थित २० वटा पालिका मध्ये हरिवनले सबैभन्दा बढी काेराेना भाईरस परीक्षण गराएको छ भने कतिपय पालिकाले त एकजनाको पनि परीक्षण गराएका छैनन् । त्यस्तै हरिवनमा सासापुर स्थित अस्थायी कोभिड अस्पतालमा ४० बेड अनि सुखेपोखरी स्थित सर्लाही जिवन हेल्थ केयरमा ६० बेडको आईसोलेसन कक्ष सञ्चालनरत छ ।