सर्लाहीको घारिबथानमा एक पुरुषमाथि पेट्रोल छर्केर आगो लगाइयो, उपचारका लागि हेलिकप्टरमा काठमाण्डौं रेफर

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा आज (सोमवार) बिहान एक जना पुरुषमाथि पेट्रोल छर्केर आगो लगाइएको छ ।

घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई त्यही ठाउँका अन्दाजी ३५ वर्षीय शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएर हुन् । आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पु¥याइएको थियो ।

उनलाई त्यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । पेट्रोल छर्केर आगो लगाउने शिवजी साह फरार भएका छन् । शिवजी हिजो मात्रै दुबईबाट घर आएका थिए । उनको खोजी तीव्र पारिएको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले उज्यालो अभियानसँग बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिईबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने हिसाबले घटना गराएको पाइएको प्रहरीले जनाएको छ ।