प्रदेश सभा सदस्य मोक्तानको घरबाट मोटरसाइकल चोरी

प्रतिकात्मक तस्बीर ।

सासापुर – सर्लाहीको हरिवन नगरपालिका–३ मा रहेको प्रदेश सभा सदस्य सञ्चमाया मोक्तानको घरबाट आइतवार राती मोटरसाइकल चोरी भएको छ ।

घरको बरण्डामा राखिएको बा ६७ प ९४७८ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो । प्रदेश सभा सदस्य मोक्तानका छोरा सरोज मोक्तानको नाममा रहेको सो मोटरसाइकल राती १ देखि २ बजेको बीचमा चोरी भएको परिवारका सदस्यले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय हरिवनले चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले केही महिनाअघि मोटरसाइकल चोरीमा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरेपछि मोटरसाइकल चोरीको घटनामा कमी आएको भएपनि, राती फेरि चोरीको घटना भएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताउनुभएको छ ।