पर्सा गाउँपालिकामा ७५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित भारतसँग सीमा जोडिएको पर्सा गाउँपालिका वडा नं. ५ र ६ मा आज ७५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

बागमती सेवा समाज नेपाल र वल्ड भिजन नेपालको सहयोगमा अतिविपन्न र अपांगता भएका १२ वर्षमुनिका बालबालिकालाई स्कुल ब्याग, अन्य शैक्षिक सामग्री, क्यालेन्डर र स्वास्थ्य स्वच्छता किट वितरण गरिएको हो ।

पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायको प्रमुख आतिथ्यतामा प्रत्येक बालबालिकाहरुलाई मास्क लगाई भीडभाड नगरी सहयोग सामग्री प्रदान गरिएको बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।