नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीको उपस्थितिमा दशगजा क्षेत्रमा सरसफाई

बलरा – यहाँको बलरा नगरपालिकामा सुक्रवार बिहान (आज) नेपाल–भारत सीमा दशगजामा दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सरसफाई गरिएको छ ।

बलरा नगरपालिकास्थित भवानीपुर टोलदेखि लक्ष्मीपुर ओकास टोलसम्म पर्ने पिल्लर नं. ३३८ देखि ३३९÷२८ सम्मको क्षेत्र सरसफाई गरिएको हो । त्यसक्रममा दशगजामा पर्ने सीमा स्तम्भमा जम्मा भएका फोहोरमैला र छेउछाउमा उम्रिएका बोट विरुवाहरु हटाइएको सुरक्षाकर्मीहरुले बताएका छन् ।

दुवै देशका सुरक्षाकर्मी र स्थानीयवासीको समेत उपस्थितिमा दशगजा क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाईमा सशस्त्र प्रहरीको बलरास्थित बाराउद्योरण र छतौना बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सीमा प्रहरी चौकी बलरा र अर्नाहाका प्रहरी सहभागी भएका थिए ।

यस्तै, भारतको पचहर्वा थानाका भारतीय सुरक्षा बल (एसएसबी) समेत सरसफाईमा सहभागी भएका थिए ।