नेपाल खेलकुद महासंघ सर्लाहीको १५१ सदस्यीय जिल्ला कमिटी गठन

नवलपुर – नवलपुरमा सुक्रवार नेकपा एमालेको नेपाल–खनाल समूह निकट नेपाल खेलकुद महासंघको जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले बिजय अधिकारी अध्यक्ष रहने गरी महासंघको १५१ सदस्यीय जिल्ला कमिटी समेत गठन गरेको छ । कमिटीमा जनक लामा र युवान भन्ने बिजय गोले उपाध्यक्ष, भीम मगर सचिव, अर्जुन लामा उपसचिवलगायत अन्य सदस्य रहेका छन् ।

महासंघका जिल्ला इन्चार्ज एवं नेकपा एमाले सर्लाहीको जिल्ला कमिटीका सदस्य राजु थापाको अध्यक्षता तथा पूर्व खेलकुद मन्त्री एवं महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा आयोजित भेलामा एमाले सर्लाहीका अध्यक्ष रेवती पन्त, पार्टीका नेता एवं प्रदेश सभा सदस्य द्वोय डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली, नेताहरु सुरेन्द्र लामा, केशव ढुंगाना, उत्तरकुमार मैनाली, चूडामणि वाग्लेलगायतले मन्तव्य राखे ।

भेलाबाट गठित महासंघको जिल्ला कमिटीका सदस्य र महासंघका केन्द्रीय सदस्य बिजु लामा समेतलाई पूर्व खेलकुद मन्त्री पौडेलले सपथ ग्रहण समेत गराएका महासंघका केन्द्रीय सदस्य एवं प्रदेश २ का सह–इन्चार्ज दीपक श्रेष्ठले जानकारी दिए ।