सासापुरमा कांग्रेसको पार्टी प्रवेश

सासापुर – सर्लाहीको हरिवन नगरपालिका–३, सासापुरमा वुधवार नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेस क्षेत्र नं. ३ (क) को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा मानबहादुर घिसिङ, मेघनाथ पाख्रिन, रोहन भुजेल, विचारमान मोक्तान, नवीन न्यौपाने, नारायण न्यौपानेलगायत विभिन्न पार्टीका डेढ सय जति कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कार्यक्रम संचालिका सुनिता घिसिङले जानकारी दिईन् । क्षेत्रीय सभापति कर्णबहादुर महतको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेता विनोद खनाल, शिव गुर्मछानलगायतले मन्तव्य राखेका थिए ।

फोटो क्याप्सन : कार्यक्रममा उपस्थित कांग्रेस नेताहरु । (तस्बीर : उज्यालो अभियान)