भोरद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

बबरगंज – भोर नामक संस्थाले नेपाल पत्रकार महासंघ सर्लाहीका नयाँ कार्य समिति पदाधिकारीहरुलाई वुधवार सम्मान गरेको छ ।

संस्थाले चन्द्रनगर गाउँपालिकाको बबरगन्जमा एक कार्यक्रमको आयोजना गरी महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री र अन्य पदाधिकारीहरुलाई सम्मान गरेको हो । समाजसेवी छबिलाल महतोको अध्यक्षता तथा चन्द्रनगर गाउँपालिका–२, बबरगंजका वडाध्यक्ष रामनारायण महतोको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा भोरका संस्थापक अध्यक्ष राजकुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

फाेटाे क्याप्सन : सम्मानपत्र ग्रहण गर्दै महासंघ अध्यक्ष टंकबहादुर क्षेत्री । (तस्बिर : उज्यालाे अभियान)