काेराेना संक्रमित मृतकको झिममा अन्त्येष्टि

कर्मैया स्थित बागमती खोला किनारमा शवको दाहसंस्कारका लागि सलामी अर्पण लगायत व्यवस्थापनको काम गर्दै नेपाली सेनाको टोली । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – उपचारका क्रममा वीरगन्जमा मृत्यु भएका सर्लाही सदरमुकाम मलंगवाका एक जना कोरोना संक्रमितको वुधवार दिउँसो झिम खोलामा अन्त्येष्टि गरिएको छ ।

गम्भीर बिरामी परेर उपचारका लागि मंगलवार राती वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएका मलंगवा नगरपालिका–३, का ४२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको सोही अस्पतालमा वुधवार बिहानपख उपचार गर्दागर्दै ज्यान गएको हो ।

मृतकको शव सर्लाही ल्याएर परिवार र नेपाल प्रहरीसँग समन्वय गरी नेपाली सेनाको टोलीले ब्रम्हपुरी गाउँपालिका–३, झिमखोला किनारमा सरकारले बनाएको मापदण्ड अनुसार जलाएको हो । दोस्रो चरणमा कोरोना संक्रमण सुरु भएपछि सर्लाहीमा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

देशका अन्य ठाउँमा दिनहुँ संक्रमित तीव्र रुपमा बढेपनि सर्लाहीमा भने अहिले परीक्षण नै गरिएको छैन् ।