राजर्षि जनक कपकाे उपाधी पिप्ले हेटाैंडाले चुम्याे

राजर्षि जनक कपकाे उपाधी पिप्ले युवा क्लब हेटाैडाले चुमेकाे छ । आयाेजक बागमती नगरपालिका टिमलाई ट्राईबेकरमा ५-४ गाेलले हराउँदै हेटाैंडाले राजर्षि जनक कप पाँचाै संस्करणकाे उपाधी उचालेकाे हाे ।

उपाधीसँगै हेटाैंडाले १० लाख नगद हात पारेकाे छ भने बागमतीले ५ लाखमै चित्त बुझाउनु पर्याे । निर्धारित खेल ३-३ गाेलकाे बराबरीमा सम्पन्न भएपछि खेलकाे नतिजा ट्राईबेकर मार्फत भएकाे थियाे । अहिले शिल्ड एवं नगद पुरस्कार वितरणकाे कार्यक्रम भईरहेकाे छ ।